+
Search

ताजा अपडेट +

पपुलर +

थामिएन इटालीमा कोरोनाबाट मृत्यु हुने क्रम, एकै दिन गयो ६२७ को ज्यान

पालिका लाइभ
२०७६ चैत्र ८, शनिबार

काठमाडौं- विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसको संक्रमणबाट इटालीमा पछिल्लो २४ घण्टाभित्र ६ सय २७ जनाको मृत्यु भएको छ।

योसँगै इटालीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ४ हजार ३२ पुगेको छ।

इटालीमा कोरोना भाइरसबाट संक्रमित हुनेको सख्या ४७ हजार २१ पुगेको समाचार संस्था एएफपीले जनाएको छ।

कोरोना भाइरस संक्रमण सुरुवात स्थल चीनभन्दा पनि अहिले इटाली सबैभन्दा बढी संक्रमण फैलिने मुलुकमा परेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या संसारभ मृत्यु हुने मानिसको संख्या ११ हजार १ सय ७६ पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ