+
Search

ताजा अपडेट +

पपुलर +

कोरोना लाग्दैन भनेर रक्सी खाँदा २७ जनाको मृत्यु

पालिका लाइभ
२०७६ फाल्गुन २९, बिहीबार

काठमाडौं- इरानमा तीव्र दरमा फैलिरहेको कोरोना भाइरसबाट बच्न ७० हजार कैदीलाई अस्थायी रूपमा रिहा गरिएको छ। इरानको लगभग सबै क्षेत्रमा कोरोना भाइरस फैलिएको छ।

यसैबीच इरानका दुई प्रान्तमा विषाक्त रक्सी पिउनाले २७ जनाको मृत्यु भएको छ।

रक्सी पिउनाले कोरोना भाइरसको संक्रमणबाट मुक्ति पाउने अफवाह फैलिएको थियो, एजेन्सीलाई उधृत गर्दै आजको कारोबार दैनिकमा खबर छ।

इरानका न्याय विभागका प्रमुख इब्राहिम रेसीले सोमबार कैदीलाई अस्थायी रूपमा रिहा गर्ने घा्षणा गरेको थिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ