+
Search

ताजा अपडेट +

पपुलर +

बाँस्कोटाको घरमा रिमोट कन्ट्रोलबाट गराइएको थियो बिस्फोट : प्रहरी

पालिका लाइभ
२०७६ फाल्गुन २८, बुधबार

काठमाडौं– पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँटस्थित घरमा बुधबार बिहान गराइएको बम विस्फोटमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले लमजुङ मर्स्याङ्दी गाउँपालिका-४ घर भई हाल लोकन्थलीको सुकुम्बासी बस्तीमा बस्दै आएका ५८ वर्षीय देव भन्ने देवीबहादुर गुरुङलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।

पक्राउ परेका गुरुङ प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका भक्तपुर जिल्ला सदस्य रहेको उनले बताए।

प्रहरीले गुरुङलाई सुकुम्वासी बस्तीबाट पक्राउ गरेको हो। प्रहरीले प्रेसर कुकर, तार, चन्दा रसिद, पर्चा र पम्प्लेट बरामद गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ