+
Search

ताजा अपडेट +

पपुलर +

स्थानीय डकर्मीको क्षमता र जनस्तरमा चेतना अभिवृद्धिका लागि प्रवलीकरण तालिम

पालिका लाइभ
२०७६ फाल्गुन २०, मंगलवार

गाेरखा- स्थानीय डकर्मीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले गोरखा नगरपालिका वडा नम्बर १० विरेनचोक स्थित स्थानीय इन्द्र बहादुर खनालको घरमा ४ दिने रेट्रोफिटिङ/प्रवलीकरण सम्बन्धी तालिम सुरु गरिएको छ ।

भारत सरकाद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाले सुरक्षित आवास निर्माण तथा स्थानीय डकर्मीलाई प्रवलीकरण सम्बन्धी प्रविधिको ज्ञान दिने उद्देश्यले तालिम संचालन गरेको जनाएको छ ।

प्रवलीकरणका इन्द्र बहादुरले मौलिक संरचनाको साढे दुई तल्लाको ढुंगामाटोको घर जगेर्ना गर्न समेत प्रवलीकरण उचित भएको बताए ।

उनले भने ‘बन्दीपुरदेखि दुख ल्याएको ढुंगा र विशेष कालिगढबाट घर मिहिनेतले बनाएकाले भत्काएर नयाँ बनाउन मन लागने, त्यसैले यसलाई सुरक्षित बनाएको हुँ ।’

152012 gorkha house

तालिमको उद्घाटनमा वडा नम्बर १० का वडाध्यक्ष देवि बहादुर बस्नेतले वडामा पहिलो प्रवलीकरण हुनु उदाहरणीय भएकाले आवश्यक रहेका अन्य घरमा समेत थप जनचेतना फैलाउन वडा प्रतिबद्ध रहेको बताए ।

उनले भने ‘स्थानीयमा समेत प्रवलीकरण सम्बन्धी जनचेतना फैलने र सामान्य क्षति भएका मौलिक घर भत्काएर नयाँ घर बनाउनु भन्दा प्रवलीकरण उचित हुन्छ ।’

परियोजनाका सामाजिक विज्ञ घनश्याम खतिवडाले प्रवलीकरण सम्बन्धी तालिमले घर सुरक्षित र स्थानीय डकर्मीको क्षमता अभिवृद्धि हुने बताए ।

उनले भने ‘४ दिन सिकेको तालिमले स्थानीय डकर्मीको जीविकोपार्जनका लागि समेत मद्दत पुग्ने छ ।’

परियोजना अन्र्तगत गोरखा नगरपालिका वडा नम्बर ८ देखि १४ का टोलि संयोजक हिरा श्रेष्ठले मौलिक घरको जगेर्ना तथा स्थानीय डकर्मीलाई प्रवलीकरण बारे जनचेतना तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम संचालन गरिएको गोरखा नगरपालिकाका बताए ।

२०७२ सालमा सामान्य क्षति पुगेको प्रवलीकरणका लाभग्राही इन्द्र बहादुरको घर २०३८ सालमा बनेका हो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ