+
Search

ताजा अपडेट +

पपुलर +

जहाँ सुत्केरीलाई झोलिलो खानेकुरा होइन, ६ महिनासम्म जाँडरक्सी मात्र खुवाइन्छ!

पालिका लाइभ
२०७६ माघ २६, आईतवार

काठमाडौं- ढोरपाटन नगरपालिका ७ बोबाङ गाउँमा सुत्केरीलाई जाँडरक्सी खुवाउने गरिएको छ।

अन्यत्र सुत्केरीलाई झोलिलो र पोशिलो खानेकुरा खुवाउने गरिए पनि बोबाङका सुत्केरीलाई भने जाँडरक्सी खुवाउने गरिएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा बागलुङबाट दिल शिरीषले लेखेका छन्।

‘माइतमा कहिल्यै रक्सी खाने गरेकी थिइँन,’ २७ वर्षीया सुत्केरी पुनम अदैले भनिन्, ‘बच्चा जन्मिएपछि रक्सी खाँदिन भन्न नपाइने रै’ छ। पेट दुख्छ भनेर पानी खान दिँदैनन्। यस अवधिमा जाँडरक्सी मात्रै खाने हो।’

सोही गाउँकी सपना भण्डारी कायतले थपिन्, ‘सुत्केरी भएको आठ महिना भयो, यस अवधिमा पानीभन्दा धरै रक्सी पिएँ।’

सासु ससुराको जोडबलले रक्सी खाएको उनले बताइन्।

१२ कक्षासम्म अध्ययन गरेकी सपनाले सुत्केरीले मादक पदार्थ सेवन गर्नुहुँदैन भन्ने नसुनेकी पनि होइनन्। तर, गाउँ समाजको पुरानो चलनबारे सासूससुरा र अगुवाका अगाडि केही बोल्न नसकेको उनको भनाई छ।

बोबाङमा सुत्केरीलाई दैनिक २ देखि ४ बोतल रक्सी र जाँड खुवाउने गरिएको स्थानीय सुनी कायतले बताइन्।

पाँच छोराछोरीकी आमा सुनीले थपिन्, ‘दुई छोराछोरी हुँदासम्म सासू र परिवारको करले खाएँ, त्यसपछि आफैँ खाने बानी बस्यो।’

गाउँकी ६४ वर्षीया लालमाया कायतले सुत्केरीलाई तिर्खा नलाग्दा जाँड र तिर्खा लागे रक्सी खुवाउने पुरानो चलन रहेको बताइन्।

सुत्करीलाई जाँडरक्सी खुवाउँदा आमालाई दुखाइ नहुने र बच्चालाई रोग नलाग्ने स्थानीयको दाबी छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ