+
Search

ताजा अपडेट +

पपुलर +

कोरोनाको असर : लसुनको मूल्य ३ गुणा बढ्यो, किलोको कति पुग्यो?

पालिका लाइभ
२०७६ माघ २३, बिहीबार

काठमाडौं- पछिल्लो १ महिनामा काठमाडौंमा लसुनको मूल्य ३ गुणा बढेको छ।

गत २२ पुसमा प्रतिकिलो २ सय ८५ रुपैयाँ रहेको सुकेको लसुनको मूल्य बढेर अहिले ६ सय ३५ रुपैयाँ पुगेको छ।

पछिल्लो १ महिनामा यसको मूल्य ३ सय ५० रुपैयाँ वृद्धि भएको खबर आजका राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छन्।

चीनमा देखिएको कोरोना भाइरस संक्रमणका कारण आयात रोकिएपछि नेपाली बजारमा लसुको मूल्य ह्वात्तै बढेको हो। नेपालमा करिब ८० प्रतिशत लसुन चीनबाट आयात गर्ने गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ