काठमाडाैं- त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गर्ने कार्यतालिकाको प्रस्ताव अघि सारेको छ ।
स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले विद्यार्थी संगठनहरुसँगको वैठकमा सो प्रस्ताव राखेको हो ।
त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्ने तयारी थालेसँगै विद्यार्थी संगठनहरू स्वतन्त्र विद्याथी युनियनकाे निर्वाचनमा हाेमिएका छन् ।
विद्यार्थी संगठनहरूले फागुनमा हुने निर्वाचनका लागी धमाधाम उम्मेदवार छनाेट गरिरहेका छन् ।
संगठनले फागुनमा हुने स्ववियु निर्वाचनमा पब्लिक यूथ क्याम्पसबाट नेकपा निकटकाे अनेरास्ववियु ( क्रान्तिकारी)का गाेरखाली विद्यार्थी नेता नविन देवकाेटालाइ अगि सार्ने याजना बनाएकाे छ ।
देवकाेटा गाेरखाकाे अजिरकाेट गाउपालिका-५, मुच्चाेकका हुन् ।
अहिले कलेजहरूमा स्ववियु निर्वाचन हुने भएपछि विद्यार्थीहरूमा चहल-पहल बढेकाे छ।
चर्काे अान्तरिक राजनितिमा फसेकाे नेपाली कांग्रेस निकटकाे नेपाल विद्यार्थी संघ समेत निर्वाचनमा हाेमिने घाेषणा गरेपछि छन् माहाेल तातिएकाे छ ।
निर्वाचनकाे मुखैमा अाएपछि विद्यार्थीहरू अाफ्नाे संगठनलाइ जिताउन कम्मर कसेर लागि परेका छन् ।
यस्ता छन् अन्य क्याम्पसका उम्मेदार
चित्रन्द्र कलेजबाट सन्दिप पुडासैनी, महेन्द्ररत्नबाट ताेपेन्द्र अाेली, पशुपति क्याम्पसबाट सराेज माेन्तान, अमृत क्याम्पसबाट खेम सिंह, एनसिसि क्याम्पसबाट तुलसीराम न्याैपाने र अार क्याम्पसबाट देवेन्द्र शर्मा लगायतका छन् ।
प्रतिक्रिया