काठमाडौं- गत बुधबारदेखि सुरु सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दोस्रो पूर्ण बैठक ११ बुँदे समसामयीक प्रस्ताव पारित गर्दै सम्पन्न गरेको छ ।
बैठकमा महासचिव विष्णु पौडेलले ११ बुँदे समसामयीक प्रस्ताव पेस गरेका थिए । बैठकमा पेस भएर पारित भएको समसामयीक प्रस्तावमा २०१९ नोभेम्बर २ मा नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर भारतले प्रकाशित गरेको राजनीतिक नक्सालाई अमान्य ठहर गरेको छ ।
त्यस्तै बैठकले इरान, इराकलगायत पश्चिम एसियामा उत्पन्न तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै कुनैपनि समस्याको समाधान वार्ताबाट खोज्न आग्रह गर्दै युद्ध वा आक्रमणका गतिविध तत्काल रोक्न सम्बन्धित पक्षसँग माग गरेको छ ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले ५ दिन लामो केन्द्रीय समिति बैठकले महत्वपूर्ण निर्णय गर्न सफल भएको भन्दै यसले देशभरका नेता कार्यकर्तामा उत्साह, उमंग र एकताको भावना पैदा गरेको बताए ।
यस्तो छ ११ बुँदे प्रस्ताव


प्रतिक्रिया