+
Search

ताजा अपडेट +

पपुलर +

ताप्लेमा निशुल्क स्वास्थ शिबिर : ३ सय जनाले सेवा लिए सेवा

पालिका लाइभ
२०७६ पुष ६, आईतवार

गाेरखा- लायन्स क्लब अफ गोर्खा सिटिको आयोजनामा गोर्खा नगरपालिका १ ताप्लेमा १ दिने निशुल्क स्वास्थ शिबिर सम्पन्न भएको छ।

आमाबा हस्पिटल प्रा. लि र समानता डेन्टल प्रा.लिको प्राबिधिक सहयोगमा शिबिर संचालन गरिएको हो।

शिविरबाट ७ बर्षदेखि ९९ बर्ष समुहका झन्डै ३०० जनाले सेवा लिएका छन् । जनरल स्वास्थ्य सेवा सँगै दाँत परिक्षण सेवा पनि प्रदान गरिएको थियो ।

80332349 482719925717165 1631322320977002496 n.jpg? nc cat=103& nc ohc=MWBRdRXcl6cAQmaHRK9kMT6S9qTGTRtJtz9oVZ 0gDr1lvjuDml ssMdw& nc ht=scontent.fktm4 1
गोर्खा नगरपालिका नै भएपनी स्वास्थ्य सेवा लिनका लागि गोर्खा सदरमुकाम आउनु पर्ने कारण सानातिना स्वास्थ्य समस्याहरुको ख्याल नगर्ने गरेको स्थानियहरु बताउछन् ।

सेवाग्राहीहरुले आफ्नै घर आगनमै स्वास्थ्य सेवा लिन पाउँदा खुशी ब्यक्त गरेका थिए।

दैनिक जिवनमा खानपान तथा स्वास्थ्य सम्बन्धि जनचेतना कम भएका कारण सामान्य रोगले पनि जटिल अवस्था निम्त्याउन सक्ने भन्दै सन्तुलित खानपान र नियमित स्वास्थ्य जाँचलाइ ध्यान दिनुपर्ने डा. प्रनिस पोखरेले बताए ।

80807134 556968248368770 5270257049257639936 n.jpg? nc cat=109& nc ohc=Jjyk6WsFiz8AQkcEYNoboWn37RKFIc6f OTMolTUodFoM3qOOdJSY2 GQ& nc ht=scontent.fktm4 1

शिबिर समापनको सानो औपचारिक कार्यक्रम गर्दै क्लबले सहयोगी संस्थाहरुलाइ प्रसंसा पत्रले सम्मान गरेको छ ।

कार्यक्रमको समापन गर्दै क्लबका संस्थापक अध्यक्ष लायन कर्ण बहादुर गुरुङले गोर्खा नगरपालिकामा मात्रै नभई आगामी दिनमा अझै दुर्गम क्षेत्रलाई पनि प्राथमिकता दिने बताए ।

Image may contain: 3 people, including Lion Karna Bahadur Gurung

नबज्योती मा.विको प्राङ्गणमा भएको स्वास्थ सिविरमा स्थानीय क्लब श्री दिपज्योती नेपाल युवा क्लब र श्रे देविस्थान आमा समूहले मुख्य सहयोगी भुमिका खेलेका थिए भने कार्यक्रमका संयोजन एव संचालन लायन्स क्लब गोर्खा सिटिका सस्थापक प्रथम उपाध्यक्ष इमानले गरेका थिए ।

79888633 1032484803785904 3692866765760495616 n.jpg? nc cat=104& nc ohc=hOjgrF36eEoAQmygP0l1C8jRlFifEZOL4H2HylMv4 Mwt7KmTTRIFqzaA& nc ht=scontent.fktm4 1

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ