+
Search

ताजा अपडेट +

पपुलर +

चीनबाट प्याज आउन थालेपछि घट्न थाल्यो भाउ

पालिका लाइभ
२०७६ मंसिर १९, बिहीबार

काठमाडौं– दिनप्रतिदिन महँगो बन्दै गएको प्याज चीनबाट भित्रिन थालेपछि मूल्य घटेको छ।

प्रतिकिलो २ सय ५० रुपैयाँको हाराहारीमा पुगेको प्याजको मूल्य घट्न थालेको हो।

कालिमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार सुकेको प्याजको थोक मूल्य १ सय ५० रुपैयाँ छ।

भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालीमा बजारमा अभाव हुन थालेको प्याजको खुद्रा मूल्य गत आइतबार २ सय थियो भने सोमबार १९० रुपैयाँ कायम थियो।

अहिले १ सय ८० सम्म झरेको कालिमाटी फलफूल तथा तरकारी बजार समितिले जनाएको छ।

चीनबाट आयात प्याज कालिमाटीसम्म आइपुग्दा प्रतिकिलो ८० रुपैयाँ पर्न आउँछ।

,भारतबाट आयात बन्द भएपछि प्याज चीनबाट ल्याउन थालिएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ