+
Search

ताजा अपडेट +

पपुलर +

बहुविवाह मुद्दामा साधारण तारेखमा छुटिन् नायिका शिल्पा पोखरेल

पालिका लाइभ
२०७६ कार्तिक ३०, शनिबार

काठमाडौं- अभिनेत्री शिल्पा पोखरेल बहुविवाह मुद्दामा जिल्ला अदालत काठमाडौंबाट साधारण तारेखमा रिहा भएकी छन्।

निर्माता छवि ओझासँगको बहुविवाह मुद्दामा पोखरेल शुक्रबार जिल्ला अदालत काठमाडौं हाजिर भएकी थिइन्।

न्यायाधीश मुकेश उपाध्यायको इजलाशले शिल्पालाई साधारण तारेखमा रिहा गर्ने आदेश गरेको हो।

छवि ओझा र जाहेरीकर्ता हेमाकुमारी ओझाबीच यसअघिनै अंशबन्डा भएकाले प्रारम्भिक आधार र प्रमाणका आधारमा शिल्पा दोषी हुन नसक्ने ठहर जिल्ला अदालतले गरेको छ।

जिल्ला अदालतले पोखरेललाई यसअघि पक्राउ पुर्जी जारी गरेको थियो। त्यसविरुद्ध उनी उच्च हुँदै सर्वोच्च अदालतसम्म पुगेर पक्राउ हुनबाट बचेकी थिइन्।

सर्वोच्चले मुद्दा खारेज गरेपछि पोखरेल जिल्ला अदालत उपस्थित भएकी थिएन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ