+
Search

ताजा अपडेट +

पपुलर +

चिनियाँ राष्ट्रपतिको भ्रमणका बेला मधेशी नेताहरुलाई वेवास्ता गरिएको भन्दै बाबुरामको आपत्ति

पालिका लाइभ
२०७६ आश्विन २७, सोमबार

काठमाडौं– समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपतिको सी चिनफिङको नेपाल भ्रमणका बेला मधेश केन्द्रित पार्टीका नेताहरुलाई वेवास्ता गरिएको प्रति आपत्ति जनाएका छन् ।

उनले चिनियाँ राष्ट्रपतिसँग मधेशी नेताहरुको पनि भेटघाट गराउनुपर्नेमा सरकारले वेवास्ता गरेको भन्दै विरोध जनाएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सरकारको कार्यशैलीले गलत परम्पराको विकास भएको भन्दै यस्ता संवेदनशील कुरामा ध्यान पु-याउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे टिप्पणी गर्दै भट्टराईले उत्तरी देशका नेता आउँदा हिमाल/पहाड र दक्षिण देशका नेता आउँदा मधेश/तराई हेर्ने परम्परा सरकारले बसाल्न खोजेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले भनेका छन्, ‘उत्तरी छिमेकका राष्ट्रपतिलाई मधेसकेन्द्रित वा आधार भएका दलका नेताहरूसँग पनि भेटाउनुपर्थ्यो ।

अन्यथा उत्तरी छिमेकीले हिमालरपहाड र दक्षिण छिमेकीले मधेसरतराई मात्र हेर्ने गलत परम्परा बस्न र भावनात्मक दूरी बढ्न सक्छ !’ भट्टराईले भावनात्मक कुरामा संवेदनशील हुनुपर्ने पनि बताएका छन् ।

भट्टराईले चिनियाँ राष्ट्रपतिको भ्रमणको बेला कार्यकारी प्रधानमन्त्री अगाडि सर्नुपर्नेमा राष्ट्रपतिलाई अगाडि सारिएको भन्दै विरोध जनाएका छन् । उनले औपचारिक वार्ता र सहमतिहरु कार्यकारीसँग गर्ने परम्परालाई ध्यान नपु¥याइएको पनि बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ