+
Search

ताजा अपडेट +

पपुलर +

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन

पालिका लाइभ
२०७६ श्रावण ३२, शनिबार

काठमाडौं- वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा शनिबार निधन भएको छ। निमोनियाबाट पीडित रहेकी उनको डल्लुस्थित आफ्नै घरमा नि’धन भएको हो।

करिब चार दशकदेखि कलाकारितामा सक्रिय अधिकारीले सयौंको संख्यामा चलचित्रमा अभिनय गरेकी छिन्। उनले अभिनय गरेका चलचित्रमा चिनो, कन्यादान, भाउजु लगायते चर्चित छन्।

उनका १ छोरा र छोरी छन्। दर्जनौ नाटक, टेलिश्रृखंला तथा सिनेमामा अभिनेत्री रहेकी अधिकारी नेपाली दर्शकमाझ ‘कन्यादान’ सिनेमामा गरेको छुच्ची सासूको भूमिका लागि चर्चित छिन्। उनको पहिलो फिल्म ‘मनको बाँध’ हो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ