+
Search

ताजा अपडेट +

पपुलर +

व्यावसायिक रुपमा असफल प्रियंका पोष्टरमासमेत अटाउन छाडिन् !

पालिका लाइभ
२०७६ श्रावण २६, आईतवार

काठमाडौं- विकास आचार्यका हरेक फिल्ममा झुल्किन्छिन्, प्रियंका कार्की। हजार जुनीसम्ममा पनि छुटिनन्। मुख्य कलाकारमध्ये उनी पनि एक हुन्।

सिक्किम पुगेर सुटिङ गरेकी उनलाई ३० साउनमा प्रदर्शन हुने फिल्मको प्रमोसन सामग्रीमा स्थान दिइएको छैन।

पोष्टरमा आर्यन सिग्देल, सञ्चिता लुइँटेल, स्वस्तिमा खड्का, सलोन बस्नेतलगायतका आधा दर्जन कलाकार अटाए पनि प्रियंकाको नामोनिशाना छैन। ट्रेलरमा पनि उस्तै हालत छ।

एक त निर्माण पक्षसँग उनको मनमुटाव छ, अर्को उनी अभिनित पछिल्ला फिल्म व्यवसायिक रुपमा असफल छन्। निर्माण पक्षलाई बहाना मिलिहाल्यो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ