+
Search

ताजा अपडेट +

पपुलर +

फेरिएकि स्वेता खड्का

पालिका लाइभ
२०७६ जेष्ठ २४, शुक्रबार

काठमाडाैं- स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठकाे पत्नी तथा नेपाली नायिका स्वेता खड्को जिवन यात्रा निकै उतारचढावमा बितेको छ । धेरै समयसम्म प्रेममा रहेकि खड्काले स्वगिय नायक श्रेष्ठसँग विवाह गरेको केहि महिनामै पति गुमाउनुपर्यो । पती गुमाएर विक्षिप्त बनेकि खड्का सबै पिडाबाट तंग्रिदै थिइन् तर फेरि उनको जिवनमा ठूलो समस्या आईलाग्यो ।

shweta 4

श्वेताको चिउँडोमुनि आएको ट्युमरले गर्दा उनले चलचित्र नै छाड्नुपर्यो । फेसबुकमा भावुक स्टाटस लेख्दै खड्काले जीवनमा केही कुराको पनि निश्चितता नहुने बताएकि थिइन् । उनले भने जस्तै जिवनमा थुप्रै अनिश्चित पीडादायि घट्नाबाट गुज्रिनुपर्यो । उनले छोटो उमेरमै जिवनको फरक रंगसँग जुध्नुपरिरहेको छ ।

shweta 2

खुशी हुन सिकिरहेकि स्वेतालाई आफ्नो स्वास्थ्यले फरक बनाइदिएको छ । खुशीका साथ जिवन बिताइरहेकि स्वेताको जिवनशैलिनै फरक भएको छ ।

तर, नायिका स्वेताले पीडाकोबिच माझी बस्तीको निर्माण गर्नु लगायत विभिन्न व्यवसायमा हात हाल्नुले नै देखाउँछ कि उनी साहसी नारी हुन् । स्वेतालाई आगामी सफलता र शिघ्र स्वास्थ्य लाभको शुभकामना !

shweta 13

श्वेताको माझी बस्ती:

विभिन्न संघ संस्था र व्यक्तिले सामाजिक कार्य गर्नेभन्दै सामाजिक सञ्जाल तथा मिडियामार्फत प्रचार गरिरहेको बेला अभिनेत्री श्वेताले कसैले थाहै नपाउने गरी थुप्रै घरहरू बनाएर गरिव जनताको मन जितेकी छिन् ।

सामाजिक काम गर्न लागेको भन्दै केही व्यक्ति र फाउण्डेशनले सामाजिक सञ्जाल पत्रपत्रिकामा प्रचार प्रसार गरेर लोकप्रियतामा रमाउन चाहेको आरोप लागेको पाइन्छ ।

तर , अभिनेत्री खड्काले गुपचुप रुपमा एउटा बस्ती नै निर्माण गरेर हस्तान्तरणको अन्तिम तयारीमा छिन् ।हेर्दा चिटिक्क देखिने बस्तिका घरहरु देख्दा मन नै लोभ्याउने खालको छ।

स्वेता श्री फाउन्डेसनको अभिभावकत्व तथा संरक्षणमा सिन्धुपाल्चोकको माझी बस्ती निर्माण भएको हो।खड्का सबैको प्रेरणाकी स्रोत बनेकी छिन् ।

श्वेताश्री फाउण्डेशनमार्फत अभिनेत्री खड्काले भूकम्पपछि तहसनहस बनेको सिन्धुपाल्चोकको माझी बस्तीका ५३ घर बनाएकी हुन् । अभिनेत्री खड्काले गुपचुप रुपमा एउटा बस्ती नै निर्माण गरेकि छिन् ।

shweta 10

खड्का सबैको प्रेरणाकी स्रोत बनेकी छिन् । श्वेताश्री फाउण्डेशनमार्फत अभिनेत्री खड्काले भूकम्पपछि तहसनहस बनेको सिन्धुपाल्चोकको माझी बस्तीका ५३ घर बनाएकी हुन् माझीबस्ती निर्माण गर्नका लागि अभिनेत्री खड्काले सार्वजनिक रुपमा चन्दा नामागी र कसैले आफ्नै स्वइच्छाले दिएको सहयोगलाई इन्कारी पनि गरिनन् ।

माझीबस्ती बनाउने क्रममा पैसा अभाव भएपछि अभिनेत्री खड्काले आफ्नै घर सहकारी संस्थामा धितो राखेकी छन ।

shweta 8

खड्काले चौतारा साँगा चोकगढी नगरपालिका–१४ भीमटार माझी बस्तीका लागि आवास निर्माण गरेकी हुन् । ४ सय ६५ वर्ग फिटमा निर्माण भएका घरको लागत प्रतिघर करीव ७ लाख रुपियाँ खर्च भएको छ । उनले विभिन्न किसिमका आर्थिक संकटहरु झेल्दै माझी बस्ती बनाएकी हुन ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ