+
Search

ताजा अपडेट +

पपुलर +

धुर्मुस भन्छन् ‘क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ जुन उदेश्य लिएर हामी मलेसिया आएका थियौं, सोचे भन्दा राम्रो साथ-सहयोग पायौँ’

पालिका लाइभ
२०७५ माघ २८, सोमबार

काठमाडाैं– चितवनको भरतपुर-१५, मा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका सामाजिक अभियन्ता सिताराम कट्टेल र कुञ्जना घिमिरेले मलेसियाको कार्यक्रम सम्पन्न गरेका छन् ।

रंगशाला निर्माणार्थ आर्थिक संकलनका लागि मलेसियामा आयोजना गरिएको कार्यक्रम धुर्मुस सुन्तली साँझ सफलतापुर्वक सम्पन्न भएको छ । पछिल्लो समय रंगशाला निर्माण गर्ने घोषणा गरेसंग चर्चा र केही आलोचनामा पनि आएका धुर्मुस सुन्तलीले रंगशाला निर्माण जनस्तरबाट नै गर्न लागेका हुन् ।

३ अर्बमा निर्माण हुन लागेको उक्त रंगशाला निर्माणका लागि नकरात्मक टिप्पणीहरु पनि नभएका भने होईनन् तर रंगशाला निर्माणलाई राष्ट्रिय गौरवको रुपमा हेरेका नेपालीहरुले देश तथा बिदेशबाट आर्थिक सहयोग गरिरहेका छन् ।

रंगशाला निर्माणमा किन सहयोग गर्ने भन्नेहरुलाई धुर्मुस सुन्तली यसो भन्छन्

मलेसिया कार्यक्रमलाई लिएर पछिल्लो केही दिन यता नकरात्मक समाचारहरु आएपछि सितारामले उक्त कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको बताएका छन् । एक स्टाटस लेख्दै उनले मलेसियामा नेपालीहरुबाट सोचेको भन्दा बढि सहयोग पाएको बताएका छन् ।

sitaram kattel

उनी लेख्छन् “गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ जुन उदेश्य लिएर हामी मलेसिया आएका थियौं । मलेसियामा रहनु भएका नेपाली दिदिबहिनी दाजुभाइ हरु बाट हामीले सोँचे भन्दा पनि राम्रो साथ सहयोग र सदभाव पाएका छौं। यहि अभियान लाई लिएर फेरि केहि समय पछि मलेसिया आउने निम्तो पनि पाएका छौं यसले हामिलाइ थप हौसला मिलेको छ” ।

“यस पटकको यात्रामा प्राप्त सहयोग हामी नेपाल पुगे पश्चात् जानकारी गराउने छौं। केही भ्रामक समाचार हरुमा कुनै सत्यता नरहेको पनि प्रष्ट पार्न चाहान्छु।” रंगशाला घोषणा कार्यक्रममा सरकारको साहयता र उपस्थिती रहेपछि रंगशाला निर्माणमा आर्थिक सहयोग गर्ने कुरालाई लिएर केही बिवादहरु भईरहेका छन् तर धुर्मुस सुन्तलीले भने अन्तिम पटक सहयोग गर्न भन्दै आग्रह गरिरहेका छन् ।

sitaram kattel facebook

रंगशाला निर्माणमा धुर्मुस सुन्तलीलाई सहयोग किन गर्ने भन्नेहरुलाई उनीहरुले मलेसिया प्रस्थान गर्नुभन्दा अगाडी भनेका थिए “अहिले रंगशालाको आम्दानी के होला मुनाफा कहाँ जाला भन्ने जस्तो प्रश्नहरु उठिरहे छन् रंगशालाबाट आउने आम्दानी खेलाडीहरुकै लागि खर्च हुन्छ, मर्मत सम्भार, निरन्तर सञ्चालन गर्नु प¥यो । एउटा निश्चित कोष हुन्छ । जसबाट खेलाडीको स्तरोन्नती, बृद्धीबिकासका लागि र बचेको रकम सामाजिक कामका लागि हुनेछ” ।

रंगशालाको बिषय हेर्दा बिकास निर्माणको काम जस्तो देखिएको भए पनि निरन्तर सामाजिक काम गर्नका लागि नै भएको उनले बताए । उनले भनेका थिए “अब हामी अन्तिम पटक सहयोग माग्दैछौ । एक पटक सहयोग गर्न अपिल गछौँ । त्यसपछि हामीले कहिले पनि माग्नु पर्ने अवस्था आउँदैन । त्यसैले निरन्तर सामाजिक काम गर्नका लागि पुग्छ” ।

मोडालिटी क्लिर नभएकोले पनि यस्ता खाले टिप्पणी आएको भन्दै उनले सबैलाई सहयोग गर्न आग्रह गरे । उनले रंगशाला निर्माण सरकारले नभई कुनै स्वार्थ नबोकेको नन प्रोफिटेबल धुर्मुस सुन्तली फाउन्डेसनले गर्न लागेको कुरा स्पस्ट पारेका थिए । त्यसोत अन्तराष्ट्रिय स्तरको रंगशाला बन्ने भएपछि देश तथा बिदेशमा रहेका नेपालीहरु भने खुसीले दंग छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ