+
Search

ताजा अपडेट +

पपुलर +

कञ्चनकपुरकी निर्मला पन्तको हत्यारालाई सरकारले नै बचाउन खोजेको कांग्रेस सभापति देउवाकाे आरोप

पालिका लाइभ
२०७५ मंसिर २९, शनिबार

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनकपुरकी निर्मला पन्तको हत्यारालाई सरकारले नै बचाउन खोजेको आरोप लगाएका छन् । शनिबारदेखी काठमाडौंमा कांगेस महासमिति बैठकको उद्घाटनमा सभापति देउवाले निर्मला हत्यारालाई सरकारले नै समर्थन गरेको पुष्टि हुदै गएको बताएका हुन्।

’न्यायका लागि प्रचार टाँस्दा च्यात्नु नै यसको प्रमाण हो’ उनले भने । मुलुकभर हत्या हिंसाका घटना बढ्दै गएको तथा निर्मला पन्तको तस्बिर टाँस्नेलाई समेत नियन्त्रणमा लिने सरकारको क्रियाकलाप सर्वत्र आलोचित भएको उनले उल्लेख गरे । संघीयता नै असफल बनाउने षड्यन्त्रमा सरकार लागेको पनि उनले दाबी गरे । वर्तमान सरकारले जनतालाई लोकतन्त्रको उपहारको रुपमा मंहगी दिएको, बुढीगण्डकी आयोजना निर्माणको जिम्मा बिना प्रतिष्पर्धा सुम्पिएको, मिडियामा हस्तक्षेप बढेको भन्दै उनले त्यस विरुद्ध सशक्त प्रतिकार गर्नुपर्ने बताए ।

महासमिति बैठकबाट पार्टीलाई एकताबद्ध र संगठित बनाई बलियो प्रतिपक्षीको रुपमा मुलुकभर सरकारका क्रियाकलाप विरुद्ध आवाज बुलन्द पार्नुपर्नेमा पनि उनले जोड दिए । मुलुकका ठुला राजनीतिक परिर्वतनमा नेपाली कांग्रेसको ठुलो योगदान रहेको चर्चा गर्दै उनले आन्तरिक द्धन्द्धका कारण कतिपय अवस्थामा उम्मेदवारहरु पराजित हुनुपरेको यथार्थ भने स्वीकार गरे ।

पार्टीभित्र विधि र पद्धतिलाई बलियो बनाउन नसक्दा पार्टीकै आन्तरिक कारण र आन्तरिक द्धन्द्धले उम्मेदवारहरु पराजित हुनुपरेको र एकपटक जित्ने र अर्को पटक हार्ने काम हुँदै आएको पनि उनले उल्लेख गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ