+
Search

ताजा अपडेट +

पपुलर +

विश्व सुन्दरीको दौडमा श्रृंखला खतिवडा : के मिस वर्ल्ड बनेर नेपाल फर्किन्छिन्?

पालिका लाइभ
२०७५ मंसिर २१, शुक्रबार

काठमाडौं – यतिबेला धेरैको कौतुहलता भोलि चीनको सान्यामा हुने मिस वर्ल्ड २०१८ तिर मोडिएको छ, जहाँ नेपाल सुन्दरी शृङ्खला खतिवडा एक दाबेदारको रुपमा प्रतिस्पर्धामा छिन्।

प्रतियोगिताको नतिजा भोलि सार्वजनिक हुनेछ, तर त्यसअघि नै लाखौं नेपालीहरूले उनको सहभागितालाई राष्ट्रिय गौरवको रुपमा लिएका छन्।

प्रतियोगिताको पूर्वसन्ध्यामा लाखौं नेपालीहरूले उनले पहिलो नेपालीको रुपमा ‘विश्व सुन्दरी’ को ताज पहिरिउन् भन्दै शुभकामना दिइरहेका छन्। उपाधिका लागि शुभकामना दिनेहरू उनलाई ‘आत्मविश्वास’ उच्च राख्न सुझाव दिन्छन्।USER SCOPED TEMP DATA orca image 1125191572.jpeg 1543407255721

मल्टिमिडिया अवार्ड जित्दै उनले फाइनलका लागि अाफ्नो स्थान सुरक्षित गरेकी थिइन् । विश्वका १ सय २१ प्रतिस्पर्धी सुन्दरीबीच चीनको सान्या सहरमा जारी प्रतियोगितामा उनले मल्टिमिडिया अवार्ड हात पार्दै उत्कृष्ट ३० मा प्रवेश गरेकी पारेकी हुन्।

श्रृङ्खलालाई हौस्याउन उनका बुबा आमा सान्या पुगेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ