+
Search

ताजा अपडेट +

पपुलर +

सय नयाँ पर्यटकीय गन्तव्य : मनकामना, गाेरखा दरबारसहित उत्तरी गाेरखाकाे चुम भ्याली सुचीमा !

पालिका लाइभ
२०७५ कार्तिक १५, बिहीबार

गाेरखा- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि एक सय वटा नयाँ पर्यटकीय गन्तव्य छनोट गरको छ। मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिस भएको र आवेदन परेको गन्तव्यको आधारमा थप एक सय वटा नयाँ गन्तव्य छनोट गरेको हो।

मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायका अनुसार नयाँ पर्यटकीय गन्तव्यका लागि ६ सयभन्दा बढीको आवेदन परेको थियो। आवेदन परेका गन्तव्य तथा प्रदेश र स्थानीय सरकारले दिएको सुझाव र मन्त्रालयले गरेको अध्ययनको आधारमा नयाँ गन्तव्य छनोट भएको उपाध्याय बताउँछन्। नयाँ गन्तव्य छनोटका लागि मन्त्रालयले ५ आधार तय गर्दै भदौमा सूचना प्रकाशन गरेको थियो।

सरकारले निजी क्षेत्रको सहकार्यमा गन्तव्य स्थानको विकास गरिने मन्त्रालयले जनाएको छ। नयाँ एक सय गन्तव्य छनोट कार्यले सन् २०२० मा मनाउन लागिएको ‘नेपाल भ्रमण वर्ष’मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सहयोग पुगोस् भनी यो योजना अगाडि सारेको मन्त्रालयले जनाएको छ।

गाेरखाकाे मनकामना मन्दिर, गाेरखा दरबार, मनास्लु सर्किट् ट्रेयल, (आरूघाट, चुमन्रव्री र धार्चे गाउँपालिका) रहेका छन् । चुम्ननुव्री गाउँपालिकाकाे चुमम्यालीलाई पनि सरकारले सय नयाँ पर्यटकिय गन्तव्यका रूपमा राखेकाे छ ।

सरकारले किन छान्याे चुम भ्यालीलार्इ नयाँ पर्यटकिय गन्तव्यका रूपमा

नेपालमा कम प्रचार पाएको तर विश्वका पर्यटक माझ धेरै प्रचार भएको पर्यटकीय क्षेत्र हो ‘चुम भ्याली’ । गोरखा जिल्लाको पूर्व– उत्तर क्षेत्रमा पर्ने यो अति प्राचिन बौद्ध संस्कृति भएको उपत्यका हो । चुम शब्दको खास अर्थ हो पूर्व । यसलाई अहिंसा क्षेत्रको रुपमा पनि चिनिन्छ ।

गोरखा सदरमुकामबाट झण्‍डै ५ दिनको पैदलदूरीमा पर्छ यो क्षेत्रमा पुगिन्छ । यो क्षेत्र विक्रम सम्बत १९७७ देखी पशु हिंसा रहित क्षेत्रको रुपमा विश्व परिचित हुदै आएको छ । यो क्षेत्र अहिंसा क्षेत्र घोषणा भएको ९४ बर्ष पूरा भएको छ । उक्त क्षेत्रमा बिगत एक शताब्दी देखी पशु चौपाया तथा पंन्छी जन्य जातीलाई काट मार नगरिएको विश्वास गरिन्छ । तर प्रचार प्रसारको कमी हुदा चुम भ्याली ओझेलमा परेको छ ।

 

lake view manaslu

नेपालीहरुलाई त्यती धेरै थाहा नभएको यो स्थानका विषयमा भने पश्चिमा देशका धेरै जसोलाई जानकारी छ । उनीहरु बर्षेनी यो क्षेत्र आउछन र अहिंसा क्षेत्रलाई कायमै राख्नुपर्ने भन्दै हस्ताक्षर गरेर फर्कनछ । चुम भ्यालीको रुपमा ख्याती कमाएको यो क्षेत्रलाई त्यहाँका स्थानिय, बुद्धिजीवी र लामा गुरुहरुले अहिंसा क्षेत्र घोषणा गरेका हुन ।

manaslu tsum trekking

छेकम्पार र चुम्चेत गाउ विकास समितिलाई गाभेर बनेको चुम भ्यालीमा मासुखाने प्रयोजनका लागि कुनै पनि पशु तथा पंक्षि ओसार पसार गर्न पाइदैन । स्थानियले त्यस्ता काम नगरेकै कारण बाहिरबाट उ्रक्त क्षेत्रमा जाने पर्यटक तथा कुनै पनि सर्व साधारणलाई यो सुविधा दिइएको छैन ।

manaslu view pungen gumpa1

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ