+
Search

ताजा अपडेट +

पपुलर +

गरिमा शर्मा प्रेममा परेको संकेत

पालिका लाइभ
२०८० असार १६, शनिबार

काठमाडौँ– मोडल तथा अभिनेत्री गरिमा शर्मा प्रेम सम्बन्धमा रहेको चर्चा चलेको छ।

उनले हालै इन्स्टाग्राममा गरेको एउटा पोस्टका कारण उनी कसैको प्रेममा रहेको संकेत मिलेको हो।

उनले एक युवकसँगका तस्बिर राख्दै लेखेकी छन्, ‘हल्का हल्का माया बस्यो कि?’

साथै उनले लेखेकी छन्, ‘मलाई कहिले नचिनेको त्यस्तो ठाउँमा लानुहोस्, जहाँ संसार यति सरल होस् कि म तिमीलाई मात्र हेरिरहन पाऊँ।’

साथमा रहेका तर अनुहार छोपिएका युवक हुन्– प्रभात पल ठकुरी।

उनी पनि मोडल हुन्। उनले चलचित्र ‘सरी मम’मा अभिनय गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ