काठमाडौं- सत्तारुढ गठबन्धनका कारण राष्ट्रिय जनमोर्चालाई फाइदा भएको छ ।
एकलै लड्दा एक सिट ल्याउन पनि हम्मेहम्मे पर्ने सो दलले गठबन्धनका कारण दुई सिट पाउने भएको छ ।
जनमोर्चाले बाग्लुङको १ र प्युठान आफ्नो भागमा पार्न सफल भएके छ । सम्भवतः बाग्लुङ १ बाट अध्यक्ष चित्रबहादुर केसी स्वयं चुनाव लड्नेछन् ।
बाग्लुङको २ नम्बर क्षेत्र भने माओवादीको भागमा परेको छ ।
प्युठानबाट राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल चुनाव लड्ने भएकी छन् ।
सो क्षेत्रमा कांग्रेसबाट योजना आयोगका पूर्वअध्यक्ष गोविन्द पोखरेल आकांक्षी थिए ।
प्रतिक्रिया