+
Search

ताजा अपडेट +

पपुलर +

राप्रपाले भन्यो : पूर्ण समानुपातिक संसद् र प्रत्यक्ष निर्वाचित प्रणाली, चुनावअघि निस्पक्ष चुनावी सरकार गठन होस्

पालिका लाइभ
२०७९ श्रावण ७, शनिबार

काठमाडाैं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्ण समानुपातिक संसद् र जनताबाट प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्रीको अवधारणा अघि सारेको छ।

बिहीबारदेखि शनिबारसम्म भएको पार्टी केन्द्रीय समिति बैठकले निस्पक्ष र धाँधलीरहित निर्वाचन सुनिश्चित गर्न निस्पक्ष चुनावी सरकार गठनको माग गरेको छ।

प्रदेश खारेजी र बलियो स्थानीय तह स्थापनालाई कार्यनीति बनाउँदै भदौमा उपत्यकाव्यापी जनसंघर्ष संचालन गर्ने सो पार्टीले निर्णय गरेको छ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टीले राजनीतिक स्थायित्वका लागि समानुपातिक संसद् र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको अवधारणा अघि सारेको हो।

राप्रपाले हिन्दु राष्ट्र, राजसंस्थासहित जनजीविकाको मुद्दामा आन्दोलन गर्ने निर्णय पनि गरेको छ। ‘जनजीविका, राष्ट्रियता, प्रजातन्त्रको रक्षा, भ्रष्टाचारको अन्त्य, संवैधानिक राजसंस्था र वैदिक सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि भदौमा उपत्यका केन्द्रित जनसंघर्ष संचालन गर्ने निर्णय गरेका छौँ,’ प्रवक्ता श्रेष्ठले भने।

अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्बन्धी निर्णय कार्यान्वयन नभएकोमा पनि राप्रपाले असन्तुष्टि व्यक्त गरेको छ। राष्ट्रहितमा दुरगामी असर पर्ने सन्धी सम्झौता नगर्न पनि राप्रपाले ध्यानाकर्षण गराएको श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ