+
Search

ताजा अपडेट +

पपुलर +

डढेलो नियन्त्रण गर्न ‘फायर फाइटर’ विमान खरिद गर्ने सरकारको तयारी

पालिका लाइभ
२०७७ चैत्र २४, मंगलवार

काठमाडौं– सरकारले डढेलो नियन्त्रणको दीर्घकालिन समाधानका लागि अग्नि नियन्त्रक विमान (फायर फाइटर हेलिकोप्टर) किन्ने भएको छ ।

हरेक वर्ष मुलुकभरका जंगलमा फैलिएको डढेलो नियन्त्रणबाहिर जान थालेपछि सरकारले फायर फाइटर विमान किन्न लागेको हो ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकमा यसबारे छलफल भई प्रक्रिया अघि बढेको वनमन्त्री प्रेम आलेले जानकारी दिए ।

विमान कुन देशबाट किन्ने लगायत यसका खरिद प्रक्रियाबारे नियमसंगत ढंगले अघि बढ्ने उनले बताए ।

फायर फाइटर विमान चैत, वैशाख, जेठ र असार ४ महिना अग्नि नियन्त्रणका लागि प्रयोग गर्ने र बाँकी समय अन्य व्यावसायिक प्रयोजनमा लगाउन सकिनेबारे समेत छलफल भएको छ । सो विमान नेपाली सेनामार्फत अग्नि नियन्त्रणमा प्रयोग गरिने भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ