काठमाडौं– वीर अस्पतालका इमर्जेन्सी विभागका १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्।
आफ्ना मागहरु सुनुवाइ नभएको भन्दै अस्पतालका १६ जना चिकित्सकले बुधबार सामूहिक राजीनामा दिएका हुन्।
उनीहरुले अस्पतालका निर्देशकलाई सामूहिक राजीनामा पत्र बुझाएका छन्।
आफूहरुलाई ज्यालादारी भनेर दसैं–तिहार भत्ता नदिएको, एकदिनको तलब कत्ता गरेर दिएको, उपयुक्त स्रोत सामग्री उपलब्ध नगराएको र २४सै घण्टा ड्युटीमा लगाउने गरेको राजीनामा पत्रमा उल्लेख छ।
अस्पताल प्रशासनले यस किसिमको व्यवहार देखाउँदा आफूहरुको मनोबलमा गिरेको उनीहरुले बताएका छन्। अस्पतालले स्वास्थ्य सुरक्षा मापदण्डको व्यवस्थापन नगर्दा जोखिम मोलेर काम गर्न बाध्य भएको उनीहरुको गुनासो छ।
राजीनामा दिनेमा डा कौशलेन्द्र चौधरी, डा महेश गिरी, डा कृष्टि थापा, डा राकेशकुमार सिंह, डा आयुषी शर्मा नेपाल लगायत १६ जना चिकित्सक छन्।
प्रतिक्रिया