+
Search

ताजा अपडेट +

पपुलर +

सांसद् अपहरण प्रकरणमा प्रहरीले जाहेरी नै लिन मानेन

पालिका लाइभ
२०७७ बैशाख १४, आईतवार

काठमाडाैं- जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवको अपहरण आरोपमा काठमाडौँ प्रहरीले जाहेरी लिन अस्वीकार गरेको छ।

नेकपा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्व आईजीपी सर्वेन्द्र खनालले आफ्नो पार्टी (तत्कालीन समाजवादी पार्टी) का सांसद तथा पूर्वस्वास्थ्य मन्त्री डा. सरेन्द्र यादवलाई अपहरण गरी बन्धक बनाएको भन्दै आइतबार जनता समाजवादी पार्टीका शीर्ष नेताहरु महानगरीय प्रहरी परिसर पुगेका थिए।

परिसरका प्रमुख एसएसपी श्याम ज्ञवाली बाहिर भएका कारण समाजवादीका नेताहरुले झण्डै दुईघण्टा उनको प्रतीक्षा गरेको थिए।

त्यसबीचमा परसरका एसपी सोमेन्द्रसिंह राठौरसँग समाजवादीका नेताहरु पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरतसिंह भण्डारी अधिवक्ता दिनेश त्रिपाठी लगायतले छलफल गरेका थिए।

एसपी राठौरले घटना महोत्तरीको भएको भन्दै काठमाडौँमा दर्ता गर्न नमिल्ने जाहेरी लिन अस्वीकार गरेका थिए।

त्यसको केही समयपछाडि परिसर आइपुगेका परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले आफ्ना केही बाध्यता रहेको भन्दै जाहेरी लिन अस्वकार गरेको समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ