+
Search

ताजा अपडेट +

पपुलर +

कोरोनाको त्रास : इटालीका १५ सय नेपालीको अवस्था कस्तो छ?

पालिका लाइभ
२०७६ फाल्गुन २९, बिहीबार

काठमाडौं- इटालीमा करिब १५ सय नेपाली रहेको अनुमान छ।

एनआरएएन इटालीका उपाध्यक्ष छबिलाल कँडेलका अनुसार धेरै नेपाली रहेको रोमन नजिकका क्षेत्रमा कोरोना प्रभाव न्युन छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा चन्द्रशेखर अधिकारीध्रुवराज अर्यालले लेखेका छन्।

सबैभन्दा बढी प्रभावित लोमबर्दिया क्षेत्रका नेपाली पनि सुरक्षति रहेका कँडेलले बताए।

इटालीमा बुधबार अपरान्हसम्म करिब साढे ६ सय जनाको मृत्यु भएको छ भने १० हजारभन्दा बढीमा संक्रमण भेटिएको छ।

चीनपछि सबैभन्दा बढी कोरोना भाइरस प्रभावित मुलुक इटाली हो।

प्रधानमन्त्री जुसेपे कोन्टेले सबै नागरिकलाई आफ्नै घरमा बस्न र यात्रा नगर्न आग्रह गरेपछि ६ करोड जनसंख्या रहेको इटाली पूरै ‘लक डाउन’ छ।

देशभरका सबै शिक्षण संस्था आगामी महिनासम्मका लागि बन्द गरिएका छन्।

मिलानमा बस्ने कँडेलले भने, ‘हामीलाई कोही नेपाली संक्रमित बनेको खबर छैन। हामी सबै नेपालीसँग निरन्तर सम्पर्कमा छौँ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ