+
Search

ताजा अपडेट +

पपुलर +

ललिता निवास प्रकरणबारे नेकपा प्रवक्ता भन्छन्- हाम्रा साथी संलग्न छन् भने छानबिन होस्

पालिका लाइभ
२०७६ माघ २६, आईतवार

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले आफ्नो दलका नेताहरू संलग्न भए पनि छानबिन गर्न आग्रह गरेका छन्।

सरकारी जग्गा अनिमयितता गर्ने कोही पनि उम्कन नहुने दाबी गर्दै प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन्।

प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना नेता छानबिनमा परेको प्रति आपत्ति जनाउँदै आइरहेका बेला प्रवक्ता श्रेष्ठले नेकपाका साथीमाथि पनि छानबिन गर्न माग गर्दै उनले भने, ‘आवश्यक परे अख्तियारले फेरि पनि छानबिन गरोस्। हाम्रा साथी कोही त्यसमा संलग्न भए छानबिन होस्।’

महोत्तरीको बर्दिबासमा आयोजित आधारशिलाको १७औं वार्षिकोत्सवमा बोल्दै नेता श्रेष्ठले भ्रष्टाचार कम्युनिस्टको शत्रु रहेको समेत उल्लेख गर्दै बालुवाटार प्रकरणमा कसैले पनि उन्मुक्ति पाउन नहुने र जोगाउन पनि नहुने उनले बताए।

आफूले पार्टी प्रवक्ताका हैसियतमा आवश्यक परे आफ्नै पार्टीका नेता तथा कार्यकर्तामाथि समेत छानबिन गर्न आग्रह गरिसकेको समेत उनको भनाइ थियो।

बालुवाटार प्रकरणमा जोडेर कांग्रेसले सरकार तथा नेकपामाथि गलत आरोप लगाएको समेत उनको धारणा थियो। तर आफूहरूको पार्टीमा समेत भ्रष्टाचारीहरू रहेको स्वीकार गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ