+
Search

ताजा अपडेट +

पपुलर +

मन्त्रालयले नै गाईलाई मासुखाने जनवारकाे रुपमा गर्‍याे प्रचार!

पालिका लाइभ
२०७६ आश्विन ८, बुधबार

काठमाडौं- गाईलाई मासुजन्य पशुको सूचीमा राखेर सरकारले तयार पारेको जनचेतनामूलक पोस्टर विवादास्पद बनेको छ।

गाई हिन्दूको आस्थाको प्रतीक तथा राष्टिय जनावर हो।

तर, ‘बधशालादेखि भान्सासम्म स्वच्छ र स्वस्थ मासु’ भन्ने नारासहित सार्वजनिक पोस्टरमा गाईको तस्बिरसमेत राखिएपछि यसको सर्वत्र आलोचना भएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा राजेश बर्माले लेखेका छन्।

गौहत्या गर्न नपाइने कानुन छ।

पशुसेवा विभागअन्तर्गतको राष्टिय पशु आहारातथा आइभस्टक गुण व्यवस्थापन प्रयोगशालाले दसैँलाई लक्ष्य गरी पोस्टर तयार पारेको थियो।

तयसमा खसी, कुखुरा, राँगा, भेँडा, बंगुर, माछा र हाँसको मासुसँगै गाईको तस्बिरसमेत छापिएको छ।

यस मार्फट स्वच्छ र स्वस्थ मासु उपभोग गर्न सन्देश दिइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ