+
Search

ताजा अपडेट +

पपुलर +

रोजगारीका लागि साउदी हिँडेका दुई नेपाली युवती ओमानको ट्रान्जिटबाटै बेपत्ता

पालिका लाइभ
२०७६ भाद्र १८, बुधबार

काठमाडौं- तीन साताअघि वैदेशिक रोजगारीका लागि साउदी अरेबियाका लागि उडेका दुई जना नेपाली महिला ओमानको विमानस्थलबाट बेपत्ता भएका छन्।

काठमाडौँको एक मेनपावर कम्पनीबाट साउदी उडेका ती महिला श्रम स्वीकृति लिएर गएका थिए।

तर, कसरी ट्रान्जिटबाटै कहाँ बेपत्ता भए भन्ने विषयमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले छानविन थालेको खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

प्रारम्भिक अनुसन्धानमा उनीहरुलाई मानव तस्करीमा संलग्न समूहले ओमनमै बिक्री गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

मानव बेचबिखनको घटनामा यो नयाँ शैली देखिएको ब्युरोका निर्देशक एसएसपी ईश्वरबाबु कार्की बताउँछन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ