+
Search

ताजा अपडेट +

पपुलर +

सामाजिक सञ्जालमा आएको ‘बधाई’ सबैभन्दा ठूलो चुनौती : योगेश भट्टराई

पालिका लाइभ
२०७६ श्रावण १६, बिहीबार

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले आफु पर्यटनमन्त्री बनेपछि सामाजिक सञ्जालमा आएका बधाई आफ्नो लागि सबैभन्दा ठूलो चुनौती भएको बताएका छन् ।

बिहिबार बिहान तत्कालिन एमालेको पार्टी कार्यालय बल्खुस्थित मदन भण्डारी शालिकमा माल्यार्पण गर्दै मन्त्री भट्टराईले आफु पर्यटनमन्त्री बनेपछि धेरैले बधाई दिएको बताउँदै त्यो बधाइलाई आफूले चुनौतीको रुपमा लिएको बताए ।

‘सोसल मिडियामा धेरै ठूलो बधाई मलाई प्राप्त भएको छ, त्यो बधाई मेरो लागि निक्कै ठूलो चुनौती हो जस्तो मलाई लाग्छ । ती चुनौतीलाई सामना गरि अगाडि बढ्नु मेरो दायित्व हुने छ,’ उनले भने ।

त्यस्तै उनले आफुले काम गर्न नसेकेको महशुस भएको दिन मन्त्री पदबाट राजीनामा दिने पनि घोषणा गरे । उनले आफ्नो आगामी दिनको सबैभन्दा ठूलो चुनौती भनेको करार सम्झौता हुने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मात्रै मन्त्रीहरुसँग करार सम्झौता गरेका थिए ।

आफु सरकारको कठोर समर्थक र आलोचक भएको बताउँदै उनले आफु मन्त्री भएको केही दिनमै आफुले गर्ने काम, र मन्त्रालयका विवादास्पद विषयहरु लाई सार्वजनिक गर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ