+
Search

ताजा अपडेट +

पपुलर +

ए प्लस ल्याउन सफल विद्यार्थी पार्वती रानालाई सम्मान

पालिका लाइभ
२०७६ श्रावण ३, शुक्रबार

गाेरखा- गण्डकी गाउँपालिका वडा नं १ मकैसिङमा रहेकाे  विजया भवानी माध्यमिक विद्यालयले यस वर्षको एस्.ई.ई. परीक्षामा ए प्लस ल्याउन सफल विद्यार्थी पार्वती रानालाई सम्मान गरेको छ ।

विद्यालयको इतिहाँसमा अहिलेसम्मको नयाँ रेकर्ड राख्न सफल छात्रा रानाले यस वर्षको एस.ई.ई. परीक्षामा ३.६५ जि.पि.ए. अंक ल्याएकी थिईन् ।

छात्रा रानालाई विद्यालयका प्रधानाध्यापक ठाकुर गुरुङले टिका र खादा लगाई सम्मान तथा वधाई दिए । रानाले आफुले पाएको सफलतामा चक्लेट वितरण गरेकी थिईन् ।

उत्कृष्ट अंक ल्याएकी छात्रा रानालाई यस वर्ष कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुसंग राखेर परीक्षामा लेखन सीप, स्वअध्ययन गर्ने तरिका, समय व्यवस्थापन वारेमा उनको अनुभव आदानप्रदान गरिएको छ ।

यस्ता अन्तरक्रियाले विद्यार्थीलाई परीक्षामा राम्रो गर्न हौसला वढाउने विद्यालयका प्रधानाध्यापक गुरुङले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ