+
Search

ताजा अपडेट +

पपुलर +

हामी दुर्घटनामा परेका थियौं, बाहिर आयौं : कुलमान घिसिङ

फाइल तस्बिर
पालिका लाइभ
२०८२ माघ १, बिहीबार

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले केही समय दुर्घटनामा परेको पार्टी सफा र चोखिएर आउन सफल भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा राष्ट्रिय परिवर्तन पार्टी (युनाईटेड जेन्जी) बीच एकता गर्दै घिसिङले केही समय अघि करिब १२ दिन आफूहरू दुर्घटनामा परेको भन्दै त्यसपछि चोखिएर आउन सफल भएको बताएका हुन् ।

अँध्यारोबाट बाहिर निस्किन १२ दिन लागेको र त्यो समय आफूहरूका लागि निकै कठिन भएको उनको भनाइ छ । घिसिङले पार्टी सफा भएर अब देशलाई पनि सफा गर्ने र उज्यालो बनाउने अभियानमा गम्भीर भएर लाग्ने उल्लेख गरे ।

‘केही समयका लागि दुर्घटनामा पर्‍यौँ, त्यो दुर्घटनाबाट बाहिर आएका छौँ,’ उनले भनेका छन् ।

उज्यालो नेपाल पार्टीले नयाँ शक्तिको प्रतिनिधित्व गर्ने भन्दै उनले अरू सबै पार्टी पुरानो भइसकेको धारणा राखे । जेनजी आन्दोलनको म्याण्डेडलाई सम्बोधन गर्नका लागि उज्यालो नेपाल पार्टी स्थापना भएको उनले बताए ।

‘हामीले नै नेपालको नयाँ शक्तिको रिप्रिजेन्टिभ गर्छौँ भन्ने हाम्रो दाबी हो । यो सबै अरू पार्टी पुरानो भइसक्यो, नयाँ पार्टी नयाँ स्प्रिटमा आएको छ,’ उनले भने, ‘यही पार्टीले माग सम्बोधनमा अघि बढ्नेछ ।’

कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङ र राष्ट्रिय परिवर्तन पार्टी(युनाईटेड जेन्जी)का अध्यक्ष राजेश पोर्तेलबीच सहमति पत्र आदानप्रदान गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ