+
Search

ताजा अपडेट +

पपुलर +

आन्तरिक रोजगार प्रवर्द्धनका लागि विश्व बैंककाे सहयोग आवश्यक: मन्त्री भण्डारी

पालिका लाइभ
२०८१ चैत्र २७, बुधबार

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगार प्रवर्द्धन दशकको रणनीतिक कार्ययोजना अघि बढाउन विश्व बैंक लगायतको विकास साझेदारको सहयोग आवश्यक रहेको बताएका छन् ।

मन्त्रालयमा आयोजित एक कार्यक्रममा विश्व बैंक नेपालका प्रतिनिधिसँग सहकार्यका लागि वृहत् छलफल गरेका हुन ।

श्रम बजारको विकास विकास र बिस्तार गर्नु पर्ने आवश्यकता देखिएको बताउँदै मन्त्री भण्डारीले आन्तरिक रोजगार प्रवर्द्धनका लागि माग, आपूर्ति र श्रम बजार व्यवस्थापनका सबै क्षेत्रमा रणनीतिक कार्य योजना तयार गरिरहेको बताए ।

आगामी दशक श्रम तथा रोजगारीको क्षेत्रमा रूपान्तरणको दशक बनाउन दक्ष जनशक्ति विकास र उपयोगको लागि मानव पुँजी निर्माणमा सरकारले लगानी बिस्तार हुँदै गरेको उनले जानकारी दिए ।

छलफलमा मन्त्रीका श्रम विज्ञ सल्लाहकार युवराज बस्नेतले मन्त्रालय तथा विश्व बैंकबीच थप समन्वय सहकार्यको क्षेत्रका सम्बन्धमा प्रस्तुति गरेका थिए ।

छलफलमा श्रम संसार प्रणालीको स्तरोन्नतिका सम्बन्धमा स्विस कन्ट्याक्ट्बाट जानकारी लिइएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ