+
Search

ताजा अपडेट +

पपुलर +

यसकारण बालेनले दिएनन् मेयर पदबाट राजीनामा

पालिका लाइभ
२०८२ माघ ४, आईतवार

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मेयर पदबाट राजीनामा नदिने भएका छन् । ६ गते मनोनयन दर्ता गराएपछि मेयर पद स्वतः निष्क्रिय हुने भएकाले तत्काल राजीनामा नदिने मनस्थितिमा पुगेका हुन्।

प्रतिनिधिसभा निर्वाचनमा भाग लिन लागेका बालेनले आज राजीनामा दिने भनिएको थियो । उनले उपप्रमुख सुनिता डंगोललाई राजीनामा बुझाउने तयारी गरेका पनि थिए ।

तर, नेपाली काँग्रेसको विभाजनले उत्पन्न गरेको परिस्थितिमा निर्वाचन तालिका प्रभावित हुनसक्ने आशंकामा राजीनामा नगर्ने रणनीति बनाइएको बुझिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ