काठमाडौं– उपमेयर सुनिता डंगोल काठमाडौं महानगरपालिकाको कार्यवाहक मेयर बनेकी छन् ।
मेयर बालेन्द्र शाह (बालेन)ले आज पदबाट राजीनामा दिएसँगै उपमेयर डंगोलले स्वतः कार्यवाहक मेयरको जिम्मेवारी सम्हालेकी हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को व्यवस्था अनुसार मेयरले राजीनामा दिएपछि उपमेयरले कार्यवाहक प्रमुखको भूमिका निर्वाह गर्ने प्रावधान छ ।
प्रतिक्रिया