काठमाडौं- आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन दर्ताको समय सीमा थप गर्न माग गरिएको हो ।
निर्वाचन आयोगका अनुसार नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलले मनोनयन दर्ताको समय माघ ६ गतेबाट माघ १५ देखि मसान्तसम्म सार्न आग्रह गरेका हुन् ।
यद्यपि निर्वाचन आयोगले अहिलेसम्म सार्ने विषयमा निर्णय नगरिसकेको बताइएको छ ।
प्रतिक्रिया