+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेस फुट्यो, गगन-विश्वसहित ३ जनालाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन

पालिका लाइभ
२०८२ पुष ३०, बुधबार

काठमाडौ- नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका केही नेताहरूलाई कारबाही गर्ने निर्णय गरेको छ ।

आज बसेको संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले भृकुटीमण्डपमा विशेष महाधिवेशनमा सहभागी भएका उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको हो ।

विशेष महाधिवेशनले सभापतिमा गगन थापा र दुई महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलसहित नयाँ पदाधिकारी चयनको प्रक्रिया अगाडि बढाएको छ । योसँगै नेपाली काँग्रेस औपचारिक रूपमा विभाजनतर्फ अघि बढेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ