+
Search

ताजा अपडेट +

पपुलर +

सरकारी कामको निवेदनमा हुलाक टिकट टाँस्ने व्यवस्था हटाइयो

पालिका लाइभ
२०८२ पुष १, मंगलवार

काठमाडौं– सरकारले प्रचलित कानूनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय टिकटका रूपमा हुलाक टिकट टाँस्ने अभ्यास, प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नियमित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।

उनका अनुसार बैठकले सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएको भारतीय रुपैयाँ (भारु) २०० तथा ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रति व्यक्ति भारु २५ हजारको सीमासम्म भारतबाट नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजान स्वीकृत दिने निर्णय गरेको छ ।

बैठकले राजनीतिक दल तथा अन्य सरोकारवाला पक्षसँग संवाद, समन्वय र सहजीकरण गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाको संयोजकत्वमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सदस्य रहेको उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ