+
Search

ताजा अपडेट +

पपुलर +

कृषि विकास बैंकले बल्ल डाक्यो साधारणसभा, यसपाली लाभांशको छैन एजेण्डा

पालिका लाइभ
२०८० फाल्गुन ९, बुधबार

काठमाडौं– कृषि विकास बैंकले बल्ल वार्षिक साधारणसभा डाकेको छ। बैंकले फागुन ३० गतेका लागि साधारणसभा डाकेको हो।

बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई केही पनि दिने छैन। साधारणसभामा बैंकका नियमित एजेण्डाहरु मात्र छन्।

बैंकको साधारणसभामा भाग लिन फागुन १६ गतेसम्म सेयरधनी भइसक्नु पर्छ।

सभाले गत वर्षको वित्तीय विवरणहरु पारित गर्नेछ। सभा बैंकको भक्तपुरस्थित तालिम केन्द्रमा बस्ने छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ