+
Search

ताजा अपडेट +

पपुलर +

मिर्मिरे लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा परिणत हुने

पालिका लाइभ
२०८० पुष २९, आईतवार

काठमाडौं– मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको ८ दशमलव ९९ प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत हुने भएको छ ।

कम्पनीले हाल संस्थापक तर्फ कायम रहेको ६१ दशमलव शून्य १ प्रतिशत शेयर संरचनालाई ५२ दशमलव शून्य २ प्रतिशत कायम हुने गरी ८ दशमलव ९९ प्रतिशत शेयर सर्वसाधारणमा परिणत गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकमाट पुस २२ गते शेयर संरचना परिवर्तनका लागि स्वीकृति प्राप्त भइसकेकाले आफ्नो शेयर संरचना परिवर्तन गर्न नचाहने शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बनेपा काभ्रेपलाञ्चोकमा लिखित रुपमा निवेदन दिनुपर्नेछ ।

हाल कम्पनीको चुक्तापूँजी ६६ करोड ५७ लाख ६४ हजार रूपैयाँ रहेको छ । सोही पूँजीको आधारमा यस वर्ष कम्पनीले ६ दशमलव ३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

पुस १३ गतेको सञ्चालक समितिको बैठकले यस वर्षको लाभांश वितरण सम्बन्धी निर्णय गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ