+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री प्रचण्डतर्फ लक्षित गर्दै ओलीले भने- यस्तो नालायक सरकारको नेतृत्व गर्न अप्ठ्यारो लागेर राजीनामा गर्नुपर्ने हो

पालिका लाइभ
२०८० श्रावण २८, आईतवार

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई यस्तो अयोग्य सरकारको नेतृत्व गर्न लाज लाग्नु लाग्नुपर्ने बताएका छन्।

पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले आफूहरुले राजीनामा नमागी उनले नै दिनुपर्ने उल्लेख गरे।

प्रधानमन्त्रीकै राजीनामा माग्नुभएको हो? भन्ने पत्रकारको प्रश्नमा उनको जवाफ थियो, ‘यस्तो नालायक, यति अयोग्य र भ्रष्ट सरकारको नेतृत्व गर्न अप्ठ्यारो लाग्नुनपर्ने हो, आफैंले राजीनामा गर्नुपर्ने हो।’

गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा नदिनु आश्चर्यको विषयमा भएको बताए। उनले प्रश्न गरे, ‘यो आठौं कि नवौं आश्चर्यको विषय हो? गृहमन्त्री त झन् आफ्नो जिम्मेवारी बिल्कुलै बहन नगरेर राष्ट्रिय झन्डा हल्लाएर हिँड्न अप्ठ्यारो लाग्नुपर्ने हैन र?’

https://www.facebook.com/reel/1425261608049682

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ