+
Search

ताजा अपडेट +

पपुलर +

बलपूर्वक फोहोर फाल्न खोजिएपछि बञ्चरेडाँडामा तनाव, स्थानीयमाथि अश्रु ग्यास प्रहार

पालिका लाइभ
२०७९ जेष्ठ २५, बुधबार

काठमाडौं– काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको बञ्चरेडाँडामा फ्याँक्ने क्रममा बुधबार स्थानीयले अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको छ ।

मंगलबारदेखि प्रहरीको सहयोगमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो । तर बुधबार पनि स्थानीयले अवरोध गरेपछि प्रहरीले केही राउण्ड अश्रुग्यास हानेको प्रहरीकाे दावी छ।

नुवाकोट प्रहरी प्रमुख रामप्रकाश शाहले धादिङतर्फ अवरोध भएको बताए ।

‘हाम्रो ठाउँमा अवरोध क्लियर भइसकेको छ । अहिले भइरहेको तनाव भनेको धादिङतर्फ हो । सोही ठाउँ भएर नुवाकोटको बन्चरेडाँडा पुग्नुपर्छ’, एसपी शाहले भने ।

फोहोर व्यवस्थापनका लागि काठमाडौंबाट डीएसपीको कमान्डमा १९५ जना प्रहरी र ३५ जना सशस्त्र प्रहरीको टोली त्यस ठाउँमा खटिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ