+
Search

ताजा अपडेट +

पपुलर +

कृषि मन्त्रालयले भन्यो–मूल्यमा आएको परिवर्तनले अपेक्षाकृत रासायनिक मल आपूर्ति हुन सकेन

पालिका लाइभ
२०७९ जेष्ठ २५, बुधबार

काठमाडौं- कृषि तथा पशुपन्छी मन्त्रालयले अपेक्षा अनुसार रासायनिक मलको आपूर्ति हुन नसकेको बताएको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मल आपूर्तिको अवस्थाबारे जानकारी दिएको हो।

त्यस्तै मन्त्रालयले मल आपूर्ति प्रकृया र मूल्यमा आएको परिवर्तनले किसानले मल पाउन नसकेको बताएको छ। सरकारले अब जीटूजीको माध्यमबाट रासायनिक मल आयात गर्ने बताएको छ।

जीटूजी प्रक्रियाबाट आगामी पाँच वर्षमा पाँच लाख ६५ हजार मेट्रिक टन युरिया र तीन लाख ७० हजार मेट्रिक टन डीएपी मल खरिदका लागि सम्झौता गरेको छ। उक्त सम्झौता अनुसार यस आर्थिक वर्षमा एक लाख ५० हजार मेट्रिक टन रासायनिक मल खरिदको प्रक्रिया अघि बढाएको छ।

सम्झौता अघि बढाउन नेपाल सरकारका तर्फबाट कृषि सामग्री कम्पनी लिमिटेडलाई दिइएको मन्त्रालयले जनाएको छ। त्यस्तै, सरकारले यअसघि समयावधिभित्र मल उपलब्ध नगराउने आपूर्तिकर्ताहरूको ठेक्का रद्ध गर्ने प्रकृया पनि अघि बढाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ