+
Search

ताजा अपडेट +

पपुलर +

च्याम्पियन्स लिगः लिभरपुलको अपराजित यात्रा कायमै

पालिका लाइभ
२०७८ मंसिर ९, बिहीबार

काठमाडाैं- च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको समूह बीको खेलमा लिभरपुलले एफसी पोर्टोलाई हराउँदै शतप्रतिशत जितको नतिजा कायम राखेको छ।

यसअघि नै अन्तिम १६ मा स्थान सुरक्षित बनाइसकेको लिभरपुलले पोर्टोलाई २–० गोल अन्तरले पराजित गरेको हो। लिभरपुललाई जित दिलाउन थिएगो एल्कान्टारा र मोहम्मद सलाहले एक/एक गोल गरे। लिभरपुलले समूह बीमा पाँच खेलबाट १५ अंक हात पारेको छ।

समूहको दोस्रो स्थानमा रहेको पोर्टोले समान खेलबाट ५ अंक हात पारेको छ भने एसी मिलान र एथ्लेटिको मड्रिडको पनि समान खेलबाट ४ अंक छ। यी तीनमध्ये एक टोली नकआउट चरणमा प्रवेश गर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ