+
Search

ताजा अपडेट +

पपुलर +

आगामी निर्वाचनमा एमालेसँग एक्लै चुनाव लड्ने आँट नगर्नु, जमानत जफत हुन्छ- केपी ओली

पालिका लाइभ
२०७८ भाद्र १९, शनिबार

काठमाडाैं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेसँग एक्लै चुनाव लड्ने आँट नगर्न चेतावनी दिएका छन् । शनिबार काठमाडौं महानगर कमिटीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विपक्षी गठबन्धनले आगामी निर्वाचनमा एमालेसँग एक्लाएक्लै चुनाव लड्ने आँट गरेमा जमानत जफत हुने गरी हार बेहोर्न पर्ने बताएका हुन् ।

‘एक्लाएक्लै आयौ भने जमानत जफत हुन्छ, त्यसैले म भन्छु एमालेसँग चुनाव लड्न एक्लै आउने आँट नगर्नू । मिलेर आउनु, जमानत जोगिन्छ,’ ओलीले भने ।

ओलीले आगामी निर्वाचनबाट गठबन्धन बनाएर झ्यालबाट मच्छर पसेजस्तो पस्ने बाटो बन्द हुने पनि दाबी गरेका छन् । ‘यो पार्टीले एक्लै चुनाव लड्न सक्छ, एक्लै चुनाव जित्न सक्छ । गठबन्धन बनाएर झ्यालबाट मच्छर पसेजस्तो पस्ने बाटो पनि आउँदो चुनावबाट बन्द गरिदिन्छौं ।’

त्यसैगरी ओलीले शुक्रबार पार्टी उपाध्यक्षबाट राजीनामा दिएका वामदेव गौतमप्रति लक्षित गर्दै उपप्रधानमन्त्रीको निवेदन हालेर राजीनामा दिएको बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ