+
Search

ताजा अपडेट +

पपुलर +

आज गोरखासहित २७ जिल्लामा बाढीको जोखिम

पालिका लाइभ
२०७८ असार २६, शनिबार

गाेरखा- आज पनि देशभर वर्षा जारी रहने भएकाले विभिन्न स्थानमा बाढी, डुबान तथा पहिरोजस्ता विपद् हुने जोखिम रहेको मौसमविद्ले बताएका छन्।

यसै क्रममा बाढी पूर्वानुमान महाशाखाले आज विशेषगरी गोरखासहित २७ जिल्लामा जोखिमपूर्ण बाढी आउने सम्भावना औंल्याएको छ।

महाशाखका अनुसार ताप्लेजुङ, सोलुखुम्बु, सखुंवासभा, ओखलढुंगा, मोरङ, खोटाङ, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, काठमाडौं, नुवाकोट, रसुवा, लमजुङ, गोरखा, नवलपुर, सुर्खेत, रुकुमपश्चिम, जाजरकोट, कालिकोट, दैलेख, दार्चुला, बझाङ, कञ्चनपुर, कैलाली, डोटी, अछाम र डडेल्धुरामा आज बाढीको मध्यम जोखिम छ।

badhi 26asar

सूचनामा भनिएको छ : आज प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मध्यपहाडी तथा चुरे भई बहने केही ससना सहायक नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुनसक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाइराखौं।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ