+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीलाई माओवादी नेताको सुझाव : घमन्ड त्याग्नुस्, एमालेको एकता जोगाउनुस्

पालिका लाइभ
२०७८ असार १७, बिहीबार

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा एमालेको एकता जोगाउन आग्रह गरेका छन् ।

राष्ट्रियसभा बैठकमा बिहीबार सम्बोधन गर्दै उनले एमालेको एकता जोगिएन भने नेपालको वामपन्थी आन्दोलन समाप्त हुने भन्दै प्रधानमन्त्रीलाई घमन्ड त्यागेर पार्टी एकता जोगाउन आग्रह गरेका हुन् ।

‘प्रधानमन्त्रीले पार्टीलाई समाप्त गर्नुभयो । नेपालको वामपन्थी आन्दोलनलाई नै समाप्त पार्नुभयो । नेकपा विभाजन भएर नेकपा माओवादी केन्द्र अलग भयो, एमाले पनि स्वयं विभाजनको स्थितिमा पुगेको छ’ उनले भने, ‘उहाँले कन्ट्रिब्युसन नगरेसम्म एमाले एक ठाउँमा हुँदैन ।’

शर्माले प्रधानमन्त्रीले तीन वर्षमा धेरै गल्ती गरेको भन्दै अब आत्मसमीक्षा गर्न आग्रह गरे । पार्टीको विवाद छलफलबाट टुंग्याउन उनले सुझाव दिए । ‘एमाले जोगियो भने वामपन्थी आन्दोलन जोगिएला । साथीहरुलाई राखेर सरसल्लाह गरेर मिलाएर लैजानुहोस्’ उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ