+
Search

ताजा अपडेट +

पपुलर +

जनस्वास्थ्यविद् भन्छन् : खोप लगाएको छु भनेर ढुक्क नहुनुस्

पालिका लाइभ
२०७८ बैशाख १४, मंगलवार

काठमाडौं- कोरोनाविरुद्धको खोप लगाउँदैमा सङ्क्रमणको जोखिम अन्त्य नहुने स्वास्थ्य विज्ञहरूले बताएका छन् ।

हाल प्रयोगमा आएका कोरोनाविरुद्धका खोप लगाएका एक सयमध्ये ७०–८० जनालाई मात्रै सुरक्षा प्रदान गर्छ, बाँकीलाई खोप लगाए पनि फाइदा नहुने विभिन्न अध्ययनले देखाएकाे छ  ।

खोप लगाएकै छ नि भनेर मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने वा नियमित रूपमा साबुनपानीले हात धुने, भौतिक दूरी कायम गर्ने जस्ता स्वास्थ्य मापदण्ड पालना नगरेकै कारण कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिइरहेको उनीहरुको भनाई छ। ‘खोपले सङ्क्रमित व्यक्तिलाई गम्भीर अवस्थामा पुग्नबाट मात्रै जोगाउँछ, सङ्क्रमण हुनै रोक्न सक्दैन,’ उनीहरु भन्छन्।

स्वास्थ्य सेवा विभागका खोप शाखाका प्रमुख डा.झलक गौतमले कोरोनाबाट सुरक्षित हुन अनिवार्य रूपमा खोपका दुवै मात्रा पूरा गर्नुपर्ने बताए। खोपको एक मात्रा मात्रैको प्रभावकारिता झन् कम हुने भन्दै उनले भने, ‘कोभिसिल्ड खोपको हकमा दुवै मात्रा लगाएपछि ७० प्रतिशत सुरक्षा दिन्छ, त्यसैले खोप लगाएपछि जनस्वास्थ्यका मापदण्ड पनि पालना गर्नुपर्छ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ