+
Search

ताजा अपडेट +

पपुलर +

माल्दिभ्समा प्रियंका कार्कीले यसरी मनाइन् जन्मदिन

पालिका लाइभ
२०७७ फाल्गुन १७, सोमबार

काठमाडौं- अभिनेत्री प्रियंका कार्कीले माल्दिभ्समा जन्मदिन मनाएकी छन्।

शनिबार कार्कीले पति आयुष्मान देशराज जोशीसँग माल्दिभ्समा आफ्नो जन्मदिन मनाएकी हुन्।

तीन वर्ष लामो प्रेम सम्बन्धलाई प्रियंका र आयुष्मानले गतवर्ष विवाहमा परिणत गरेका थिए। बिहेलगत्तै लकडाउन भएका कारण उनीहरु हनिमुनसमेत निस्कन पाएका थिएनन्।

प्रियंकाको जन्मदिन र पहिलो वैवाहिक वर्षगाँठ (म्यारिज एनिभर्सरी) मनाउन उनीहरु केही दिनअघि माल्दिभ्स पुगेका थिए।

15201201priyanka karki 1

उनीहरुले माल्दिभ्सको समुन्द्री किनारमा एकसाथ डिनर गरेका र रोमान्टिक मुडमा प्रेम साटासाट गरेका तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गरेका छन्। आयुष्मानसँग चुम्बन गरेका तस्बिर इन्स्टाग्राममा पोस्ट गर्दै अभिनेत्री कार्कीले आफ्नो लागि यो सबैभन्दा सुन्दर दिन रहेको बताएकी छन्।

सन् २००५ मा ‘मिस टिन नेपाल’ को उपाधि जितेसँगै रंगिन दुनियाँमा प्रवेश गरेकी कार्की पछिल्लो समयकी चलेकी अभिनेत्री हुन्। उनका ‘वडा नम्बर छ’, ‘छक्कपञ्जा’ लगायतका चलचित्र सफल मानिन्छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ