+
Search

ताजा अपडेट +

पपुलर +

गोरखामा बिप्लवको बन्द प्रभाव, सार्वजनिक सवारी ठप्प, बजार सुनसान

पालिका लाइभ
२०७७ माघ ११, आईतवार

गोरखा- नेत्र बिक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आवहन गरेको नेपाल बन्दका कारण गोरखाको जनजिवन पनि प्रभावित भएको छ ।

बन्दका कारण सदरमुकाम क्षेत्रमा सार्वजनिक सवारी साधनहरु प्राय ठप्प भएका छन् । त्यस्तै बजार पसलहरु समेत बन्द भएको छ । बन्दका कारण गोरखा सदरमुकामबाट बाहिरी जिल्लाका लागि छुट्ने लामो तथा छोटो दुरीका सवारी साधनहरु चल्न सकेका छैनन् ।

जिल्ला भित्र सडकमा बन्दकर्ताको उपस्थिती नभएपनि त्रासका कारण स्वर्तफूर्त बन्दको प्रभाव परेको हो ।

बिप्लव नेतृत्वको नेकपाले सरकारले आफ्ना नेता कार्यकर्ता माथि धरपकड बढाएको, राजनीतिक आस्थाकै आधारमा नेता कार्यकर्तालाई पक्राउ गरेर झुटा मुद्दा लगाएको बिरोधमा आज बन्दको आवहन गरेको हो ।

पार्टीका महासचिव बिप्लवले एक बिज्ञप्ति मार्फत पक्राउ परेका पार्टीका सचिवालय सदस्य धमेन्द्र बास्तोला लगायतका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न माग गर्नुभएको छ । गएको एकसाता अघि ललितपुरबाट प्रहरीले नेता बास्तोलालाई घेरा हालेर पक्राउ गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ